बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

सरकारी गाडीको दादागिरी, डिभाइडर नै चढेर अर्को लेनमा पसेपछि…(भिडिओसहित)

दैनिक नेपाल २०८१ असार १६ गते २०:५३

काठमाडौं, १६ असार । सरकारी गाडीको मनोमानी र गाडी दुरूपयोग त हाम्रो लागि नौलो कुरा होइन । तर एउटा सरकारी गाडीले त ट्राफिक नियमको धज्जी नै उडाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बा १ झ ७६७५ नम्बरको सरकारी गाडीले दादागिरी देखाउँदै ट्राफिक नियमको धज्जी नै उडाएको हो । यो घटना काठमाडौंको चक्रपथस्थित सातदोबाटो–कलंकी रूटको हो ।

सेता रंगको सरकारी पजेरो पैदलयात्रीसमेत हिँड्न सक्ने गरी बनाइएको डिभाइडर नै चढेर अर्को लेनमा प्रवेश गरेको भिडिओमा देखिन्छ । उक्त समयमा सडकमा जाम लागेको बेला जाम छल्न उक्त गाडी डिभाइडर नै चढेर अर्को लेनमा प्रवेश गरेको देखिन्छ ।

यसैबीच उक्त गाडी जल उत्पन्न प्रकोप नियन्त्रण विभाग रहेको पाइएको छ । भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि ललितपुर जिल्ला प्रहरी ट्राफिक कार्यालयले कारबाही गरेको छ । उक्त सवारीका चालकलाई लेन अनुशासनमा कारबाही गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित