बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

सडक विभागप्रति बालेनको कटाक्ष- तिमीलाई सम्झिने मात्र काम होस, भित्ता भित्तामा नाम होस !

दैनिक नेपाल २०८१ असार १६ गते २१:३०

काठमाडौं, १६ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सडक विभागप्रति कटाक्ष गर्नु भएको छ ।

सामाजिक सञ्जालमार्फत मेयर बालेनले विभागप्रति साहित्यिक ढाँचामा कटाक्ष गर्नु भएको हो । पछिल्लो समय काठमाडौं महानगरभित्र सडक विभाग मातहत पर्ने सडक छुट्याइएको छ ।

बालेनले सडकको पोलमा स.वि लेखिएको पोष्टरको तस्वीरसहित सामाजिक सञ्जालमा पोष्ट गर्नु भएको हो । उहाँले विभागले काम नगरेकोप्रति कटाक्ष गर्नु भएको हो ।

उहाँले लेख्नुभएको छ, ‘जीवन यस्तो होस , तिमीलाई सम्झिने मात्र काम होस ,माया यस्तो होस ,भित्ता भित्तामा तिम्रो नाम होस !,’ ।

प्रतिक्रिया
सम्बन्धित