बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली निर्वाचित

दैनिक नेपाल २०८१ असार १७ गते ६:१५

काठमाडौं, १७ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी हुनुभएको छ ।

शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार अर्जुन रसाइलीले २५० मत प्राप्त गर्दै विजयी हुनुभएको हो । अर्का अध्यक्ष पदका उम्मेदवार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गर्नुभएको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी हुनुभएको छ । वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी मोहनकाजी शाक्यले १४८ मत प्राप्त गर्नुभएको थियो ।

प्रथम उपाध्यक्षमा धर्म सुन्दर बज्राचार्यले २७४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी केशबहादुर सुनारले १५९ मत प्राप्त गर्नुभएको छ । द्वितीय उपाध्यक्षमा बुद्धिबहादुर विके दियालीले २६४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी मानबहादुर विश्वकर्माले १६६ मतमा चित्त बुझाउन पर्‍यो ।

तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा ९राजु धमला० २४३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी मनोजकुमार साहले १८७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, महासचिवमा किरणभाइ बज्राचार्य २३३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी रविन शाक्यले १३६ मतमा चित्त बुझाउन पर्‍यो ।

कोषाध्यक्षमा सुदीप श्रेष्ठ २४३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी सुविन बज्राचार्यले १८४ मत प्राप्त गर्नुभयो ।

सचिव दुई जनामा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली विजयी हुनुभएको छ । विश्वकर्माले २३५ मत पाउँदा अर्का उम्मेदवार दियालीले २६१ मत पाउनुभएको थियो ।

त्यस्तै, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य २६३ मतसहित निर्वाचित हुनुभएको छ ।

असार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४ः३० बजेसम्म भएको निर्वाचनमा ४३५ जना प्रतिनिधिहरू मतदान प्रक्रियामा सहभागी भएका थिए । महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरू रहेका थिए।

२०५३ सालदेखि सुनचाँदी पेशामा संलग्न रसाइली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्ष हुनुभएको थियो । नवनिर्वाचित अध्यक्ष रसाइली २०६९ सालमा गठित नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समितिको सदस्यसमेत रहनुभएको थियो ।

२०६९ सालदेखिको महासंघको सांगठनिक यात्रामा १२ वर्षमै केन्द्रीय अध्यक्ष हुने अवसर नवनिर्वाचित अध्यक्ष रसाइलीलाई मिलेको छ।

प्रतिक्रिया
सम्बन्धित