बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

स्पेन युरोकपको क्वाटरफाइनलमा

दैनिक नेपाल २०८१ असार १७ गते ७:२०

काठमाडौं, १७ असार । स्पेन युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको राउन्ड अफ सिक्सटीनको खेलमा जर्जियाविरुद्ध ४-१ गोलको जित दर्ता गर्दै स्पेनले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक/एक गोल गरे ।

१८औं मिनेटमा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेपछि स्पेन सुरुआती समयमा भने पछि परेको थियो । सोही अग्रता जर्जियाले काम राख्न नसक्दा ३९औं मिनेटमा बराबरी गोल खान पुग्यो ।

स्पेनका लागि ३९औं रोड्रीले गोल गर्दै खेल १/१ अवस्थामा ल्याएका थिए । पहिलो हाफमा एक एकको बराबरी खेलेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो । हाफको ५१औं मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई २–१ ले अघि बढाए ।

७५औं मिनेटमा विलियम्सको गोलमा स्पेनले ३-१ को अग्रता लिएको थियो । ८३औं मिनेटमा मैदान प्रवेश गरेका ओल्मोले प्रवेश गरे लगत्तै गोल गरेपछि अन्ततः स्पेन ४-१ को शानदार जित निकाल्न सफल भयो ।

जितसँगै स्पेनले अब क्वाटरफाइनलमा आयोजक जर्मनीको सामना गर्नेछ । जर्मनीले डेनमार्कलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित