बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

बिगमार्टको वार्षिकोत्सवको अवसरमा १५ तोला सुनसहित स्मार्टफोन जित्ने अवसर

दैनिक नेपाल २०८१ असार १७ गते ८:२९

काठमाडौं, १७ असार । बिगमार्टले १५औं वार्षिकोत्सवको अवसरमा एक महिनासम्म विभिन्न छुट तथा उपहारको अभियान घोषणा गरेको छ । बिगमार्टले आफ्नो ग्राहकहरुको लागि १५ तोला सुन, १५ वटा स्मार्ट फोन, आकर्षक छुट र अफरहरु ल्याएको हो ।

१५ औं वार्षिकोत्सवको छुट तथा उपहारको अभियान यही जुलाई महिनाभर संचालन हुनेछ । जुलाई १, २०२४ देखि जुलाई ३१, २०२४ सम्म बिगमार्टको आउटलेटहरुमा गएर यो उत्सवको अभियानमा जो कोही पनि सहभागी हुन सक्नेछन् ।

नेपालको खुद्रा बजारमा बिगमार्टले १५ वर्ष पार गरेको अवसरमा १५ जना भाग्यशाली ग्राहकहरूलाई १५ तोला सुन (प्रतिव्यक्ति एक तोला) र १५ वटा स्मार्टफोन (प्रति व्यक्ति एक थान) प्रदान गरिनेछ । यो एक महिनाको अवधिमा बिगमार्टमा ७५० रुपैंया वा सो भन्दा बढीको किनमेल गर्ने ग्राहकहरु स्वतः भाग्यशाली ‘ड्र’ मा प्रवेश गर्नुहुनेछ ।

यसबाहेक बिगमार्टमा किनमेल गर्दा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०५ डिस्काउन्ट वा सय रुपैंया छुटमध्ये जुन कम हुन्छ त्यो तत्काल प्राप्त गर्नुहुनेछ । यो उत्सवको महाअभियानमा सबै ग्राहकहरुको लागि केही न केही छ भन्ने सुनिश्चित गर्न थुप्रै सामानहरुको मूल्यमा विशेष छुट दिइने बताइएको छ ।

१५ वटा स्मार्टफोन जित्नको लागि बिगमार्टका आउटलेटहरुमा राखिएका फोटोबुथमा आफ्नो फोटो खिच्नुपर्नेछ । बिगमार्टले आधिकारीक सोसल मिडिया पेजमा ती फोटोहरु अपलोड गर्नेछ । अपलोड गरिएका फाटोहरु आफ्नो सामाजिक संजालमार्फत सेयर गर्नुपर्नेछ । बिगमार्टले किराना, ताजा उत्पादन, घरायसी वस्तुहरूसहित विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित