बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

पहिरोले पुरिँदा बालकको मृत्यु

दैनिक नेपाल २०८१ असार १७ गते ८:५८

सुर्खेत, १७ असार । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उहाँका बुबा रमेश घाइते हुनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिनु भएको थियो । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ ।

घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित