बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ : गृहमन्त्री

दैनिक नेपाल २०८१ असार १७ गते १५:२४

काठमाडौं, १७ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारीमा रहेको बताउनु भएको छ ।

सोमबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नका जवाफ दिँदै उहाँले भ्रष्टाचारका २५ काण्डको छानविन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘बजेटमा र नीति तथा कार्यक्रममा व्यवस्था भए अनुसार भइरहेको काण्डहरुको मात्र होइन् । कुनै पनि कालखण्डमा भएका काण्डहरुमध्य २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको भइरहेको छ । त्यसैले कोही पनि बेचैन हुनु पर्दैन् ।,’

प्रतिक्रिया
सम्बन्धित