बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

काँग्रेस नेता जितेन्द्र नारायण देव एमालेमा प्रवेश

दैनिक नेपाल २०८१ असार १७ गते १६:०८

काठमाडौं, १७ असार । नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव नेकपा (एमाले)मा प्रवेश गर्नु भएको छ ।

संविधानसभा सदस्य, पूर्वपर्यटनमन्त्री एवं राष्ट्रियसभाका पूर्वसदस्य समेत रहेका जीतेन्द्र आज एमालेमा प्रवेश गर्नु भएको हो । उहाँसंगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरूसँगै लोसपाका अरू दर्जनौ नेता–कार्यकर्ता पनि एमालेमा प्रवेश गर्नुभयो ।

उहाँहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । प्रवेश कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि उपस्थित हुनुहुन्थ्यो ।

पार्टी प्रवेशसँगै देवले आफ्नो पुरानो बामपन्थी राजनीतिको पृष्ठभूमिबारे व्याख्या गर्नुभएको थियो । २०४९ सालमा एमालेबाटै राजनीति गरेका देव मधेस आन्दोलनपछि मधेसी दलहरूमा सहभागी हुँदै कांग्रेसमा पुग्नु भएको थियो । त्यसपछि उहाँ कांग्रेसबाट राष्ट्रिय सभा सांसद बन्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित