बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन् : अध्यक्ष ओली

दैनिक नेपाल २०८१ असार १७ गते १७:३६

काठमाडौं, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकपछिसंसद् भवन बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो जवाफ दिनुभएको हो । प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भन्नुभयो- ‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो वर्ष बन्छुजस्तो लाग्दैन् ।’

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस-एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित