बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ- एमालेसँगको कुराकानी सकारात्मक छ

दैनिक नेपाल २०८१ असार १७ गते १७:४४

काठमाडौं, १७ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको बताउनुभएको छ ।

आफ्नै निवास बूढानिलकण्ठमा जारी कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता बारे बिफ्रिङ गर्दै एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गर्नुभएको छ ।

बैठकमा देउवाले ओलीसँग भएको कुराकानीको ब्रिफिङ गर्दै सकरात्मक कुराकानी भइरहेको बताउनुभएको बैठकमा सहभागी एक पदाधिकारीले बताउनुभयो ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस-एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित