बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

सरकारमा जानको लागि मात्र नयाँ समीकरण बनाउँदैनौँ : महत

दैनिक नेपाल २०८१ असार १७ गते १८:१३

काठमाडौं, १७ असार । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारमा जानको लागि मात्र नयाँ समीकरण नबनाउने बताउनुभएको छ । महतले विभिन्न दलहरुसँग राष्ट्रिय मुद्दाका विषयमा छलफल भइरहेको भएपनि सरकारमा जानको लागि मात्र नयाँ समीकरण नबनाउने बताउनुभएको हो ।

उहाँले नयाँ समीकरण बन्ने विषय परिपक्क नभएको बताउँदै अहिले यस विषयमा छलफल नभएको बताउनुभएको छ । उहाँले दीर्घकालीन रुपमा सरकार चल्ने, अस्थीरताको अन्त्य हुने, देशलाई समृद्धितर्फ उन्मुख हुने परिस्थितिमा मात्र कांग्रेसले नयाँ समीकरण बनाउन विचार गर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित