बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ- तत्काल सत्ता परिवर्तन हुँदैन्

दैनिक नेपाल २०८१ असार १७ गते १९:१५

काठमाडौं, १७ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्ता गठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताउनुभएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पार्नुभएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रुपमा आइरहेका बताउनुभयो ।

‘गठबन्धनका दलबीच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन ।’ उहाँले भन्नुभयो, ‘गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।’

मन्त्री शर्माले प्रधानमन्त्री दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित