बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

रामबहादुर बम्जनलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति

दैनिक नेपाल २०८१ असार १७ गते १९:४९

काठमाडौं, १७ असार । रामबहादुर बम्जनलाई  जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद तथा पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

बालयौन दुरुपयोगमा दोषी ठहर भएका बम्जनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनलाई सजाय तोकेको हो ।

बम्जनविरुद्धको यस मुद्दामा जन्मकैदको सजाय माग गरिएकोमा अदालतले १० वर्ष कैदको सजाय दिएको हो । अब यो फैसलाविरुद्ध सरकार र बम्जन दुवैलाई उच्च अदालत जाने बाटो भने खुला छ ।

प्रतिक्रिया
सम्बन्धित