बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिक नेपाल २०८१ असार १७ गते २०:१२

काठमाडौं, १७ असार । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-३ गिरीटोल घर भई ललितपुर गोदावरी नगरपालिका-६ बस्ने ५० वर्षीय कृष्णकुमार दाहाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

करणी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२६ चापागाउँबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित