बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

गण्डकीको बजेट बहुमतले पारित

दैनिक नेपाल २०८१ असार १७ गते २१:२२

गण्डकी, १७ असार । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ ।

यही असार १ गते गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले गण्डकी प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेट गण्डकी प्रदेश सभाको आजको बैठकले पारित गरेको हो ।

मन्त्री गुरुङले आव २०८१/८२ का लागि रु ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमध्ये चालुतर्फ रु १३ अर्ब १६ करोड, पाँच लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रहेको छ ।

चालुतर्फ कूल विनियोजनको ३९ दशमलव ९१ प्रतिशत हो भने पुँजीगततर्फ कूल विनियोजनको ५९ दशमलव १९ प्रतिशत हो । यसअघि विभिन्न बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित