बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

कांग्रेसको पदाधिकारी बैठक बस्दै

दैनिक नेपाल २०८१ असार १८ गते ७:२७

काठमाडौं, १८ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ ।

बैठकमा नेकपा (एमाले)सँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस-एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलोपालो गर्ने समझदारीमा दुई दलका शीर्ष दुई नेताले हस्ताक्षर गर्नुभएको थियो ।

दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित