बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

भ्रातृ संगठनको महाधिवेशन गराउन कांग्रेसद्वारा निर्देशक समिति गठन

दैनिक नेपाल २०८१ असार १८ गते ७:४६

काठमाडौं, १८ असार । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ संघसंगठनको महाधिवेशन सम्पन्न गराउन निर्देशक समिति गठन गरेको छ ।

निर्देशक समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्नेछन् ।

यस्तै, विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् ।

सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यो अवधिसम्मका लागि संघका तदर्थ कार्यसमितिको समयावधि थप गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित