बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

एसइईको पुरक परीक्षाको तालिका सार्वजनिक

दैनिक नेपाल २०८१ असार १८ गते ७:५७

काठमाडौं, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पुरक (ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

२०८० को एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै विद्यार्थीका लागि बोर्डले साउन २३ बुधबारदेखि परीक्षा सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा साउन ३१ गते सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित