बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

माओवादी केन्द्रले बोलायो आकस्मिक पदाधिकारीको बैठक

दैनिक नेपाल २०८१ असार १८ गते ८:५३

काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र)ले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ ।

सत्ता समीकरणमा फेरबदलसँगै माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको हो । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ ।

यसैबीच, वर्तमान सरकारमा रहेका एमालेका मन्त्रीहरूले आजै दिउँसो राजीनामा दिने तयारी गरेका छन् ।

यता, कांग्रेसले पनि गएराति भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।

प्रतिक्रिया
सम्बन्धित