बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

एमाले अध्यक्ष ओली बालुवाटारमा

दैनिक नेपाल २०८१ असार १८ गते ९:४८

काठमाडौं, १८ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ ।

नेपाली कांग्रेससँग गएराति राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेपछि ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुग्नुभएको हो ।

उहाँले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससँग भएको सहमतिको जानकारी गराउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने बुझिएको छ ।

कांग्रेससँगको सहमति अनुसार आजै एमालेका मन्त्रीहरुले राजीनामा दिँदै छन् र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ ।

एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संविधान अनुसार प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिन सक्ने व्यवस्था रहेको छ । तर बहुमत सांसद विपक्षमा भएपछि उहाँले राजीनामा दिन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित