बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

कोपा अमेरिका २०२४ : उरुग्वे र पानामा क्वाटरफाइनलमा

दैनिक नेपाल २०८१ असार १८ गते ९:५८

काठमाडौं, १८ असार । कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामाले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।

मंगलबार बिहान भएको खेलमा उरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।

उरुग्वेका स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको थियो । अमेरिकाविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको उरुग्वेले निर्णायक गोल दोस्रो हाफमा गरेको हो । ६६औं मिनेटमा उरुग्वेका मेथिएस ओलिभेराले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिम समयसम्म कायमै राख्दै उरुग्वेले समूह चरणमा शतप्रतिशत जितका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।

उरुग्वेको तीन खेलबाट ९ अंक भएको छ । घरेलु टोली अमेरिका भने कोपाबाट बाहिरिएको छ ।

यही समूह सीबाट पानामाले अन्तिम ८ को टिकट पक्का गरेको छ । पानामाले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पानामले २२औं मिनेटमा जोसे फाजाडोको गोलमा अग्रता लिएको थियो । ६९औं मिनेटमा बोलिभियाले ब्रुनो मिरान्डाको गोलमा खेल बराबरी गरको थियो । तर, ७९औं मिनेटमा एडुवार्डो गुरेरोले गोल गरेपछि पानामाले २–१ को अग्रता बनाएको थियो ।

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिजर अगुस्ट एनेसले गोल गरेपछि पनामा अन्ततः ३–१ को जित पक्का गर्न सफल भयो । जितसँगै पानामा ६ अंक बनाएर दोस्रो स्थानमा रहेर अन्तिम ८ मा पुग्न सफल भएको हो ।

प्रतिक्रिया
सम्बन्धित