बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

एमाले सचिवालय बैठक बस्दै

दैनिक नेपाल २०८१ असार १८ गते १०:११

काठमाडौं, १८ असार । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ ।

आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताउनुभयो ।

गएराति एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ ।

कांग्रेससँगको सहमतिअनुसार आजै एमालेका मन्त्रीहरुले राजीनामा दिँदै छन् र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित