बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

राजनीतिक स्थायित्वका लागि कांग्रेससँग सहमति गर्‍यौँ : महासचिव पोखरेल

दैनिक नेपाल २०८१ असार १८ गते १०:३३

काठमाडौं, १८ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनेगरी नेपाली कांग्रेससँग समझदारी भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने र ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने ।’

प्रतिक्रिया
सम्बन्धित