बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

राजनीतिक स्थायित्वको लागि एमालेसँग सहमति गर्‍यौँ : कांग्रेस

दैनिक नेपाल २०८१ असार १८ गते १०:५०

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आम जनताको चासोलाई केन्द्रमा राखेर एमालेसँग सहमति भएको बताउनुभएको छ ।

कांग्रेसको पधाधिकारी बैठकपछि बोल्दै प्रवक्ता महतले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर एमालेसँग सहमति गरेको बताउनुभएको हो ।

उहाँले संविधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति बनाउन एमालेसँग सहमति भएको बताउनुभयो । उहाँले कांग्रेसले सरकार बनाउने विषयमा मात्र नभएर राजनीतिक स्थायित्वका लागि सहमति गरेको दाबी गर्नुभएको छ ।

उहाँले एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताउनुभयो ।

प्रवक्ता महतले गएराति सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न गएको भन्ने समाचार गलत भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित