बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने- सधैंभरी ठग्न सकिन्न

दैनिक नेपाल २०८१ असार १८ गते ११:०३

काठमाडौं, १८ असार । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सधैंभरी ठग्न नसकिने टिप्पणी गर्नुभएको छ ।

कांग्रेस-एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भन्नुभएको छ, ‘चर्चित भनाइ छ – ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैंभरी ठग्न सकिन्न ।’ सन्दर्भ बुझौं ! ’

आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोड्नुभएका डा. भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ ।

उहाँले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आउनुभएको छ । खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित