बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

दैनिक नेपाल २०८१ असार १८ गते ११:०९

काठमाडौं, १८ असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

मंगलबार सुनको मूल्यमा तोलामा एक सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ ।  यसअघि, सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित