बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

मार्गप्रशस्त गर्न प्रचण्डलाई अध्यक्ष ओलीको आग्रह

दैनिक नेपाल २०८१ असार १८ गते ११:१५

काठमाडौं, १८ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ ।

मंगलबार बिहान बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमति बारे जानकारी दिँदै मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको हो ।

उहाँले कांग्रेससहितका दलको समर्थन आफू प्रधानमन्त्री बन्ने भन्दै प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गर्नुभएको छ ।

गएराति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको गठबन्धन भत्किएको छ । आफ्नो गठबन्धन भत्किएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने या विश्वासको मत लिने भन्ने बारे छलफल गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित