बिहीबार, २० असार २०८१
DainikNepal.com
बिहीबार, २० असार २०८१

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

दैनिक नेपाल २०८१ असार १८ गते ११:५१

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने हुनु भएको छ ।

मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिनु भएको छ ।

बैठकपछि जानकारी दिँदै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन/चार दिनदेखिको छलफलमा अहिलेको गठबन्धनलाई नै अगाडि बढाउने बताइरहेको र बाहिर कांग्रेससँग सहमति गरेको आरोप लगाउनुभयो ।

माओवादी केन्द्रले संसदको सामना गर्ने निर्णय गरेको बताउँदै रास्वपासहितका अन्य दलहरुसँग छलफल गर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित