शुक्रबार, २१ असार २०८१
DainikNepal.com
शुक्रबार, २१ असार २०८१

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

दैनिक नेपाल २०८१ असार १९ गते ७:०१

काठमाडौं, १९ असार । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज युरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित